Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

हतियारसहित बिप्लवका सैन्य लडाकु पेम्बा पक्राउ

हतियारसहित बिप्लवका सैन्य लडाकु पेम्बा पक्राउ


  • 7.8K
    Shares

    हतियारसहित बिप्लवका सैन्य लडाकु पेम्बा पक्राउ

    नेत्रविक्रम चन्द (बिप्लव) नेकपाका एक जना सैन्य लडाकु पक्राउ परेका छन । प्रहरीले मोरङको उर्लाबारीबाट हतियारसहित ताप्लेजुङको फक्ताङलुङ्ग गाउँपालिका–२ घर भएका ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाई पक्राउ गरेको हो ।  

    विशेष सूचनाका आधारमा शेर्पालाई उर्लाबारी नगरपालिका– ६ तरुण चोकस्थित राधिका माध्यमिक विद्यालय नजिकबाट शनिबार साँझ पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख (एसपी) सन्तोष खड्काले बताए ।  

    पक्राउ गरेर हिरासतमा लिइएका शेर्पा विप्लव समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको खुलेको उनले जनाएका छन् । 

    शेर्पाले मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर लामो समयदेखि विप्लव समूहको गतिविधी सञ्चालन गरिरहेको प्रहरीले बताएको छ ।  पक्राउ परेका शेर्पाको साथबाट एउटा पेस्तोल, म्यागजिन र तीन राउण्ड गोली समेत बरामद गरेको छ । 

    शेर्पाको साथबाट पार्टीको पर्चा र पम्प्लेट तथा अन्य दस्तावेजहरु पनि बरामद भएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका शेर्पा, विप्लव समूहको सैन्य लडाकु र सेक्सन कमान्डर रहेको समेत प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

     

    प्रकाशित मिति :मंसिर ७ २०७७ आइतवार - १२:३३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij