Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

संवैधानिक नियुक्तिविरुद्ध रिट लिएर सर्वोच्च पुगे सभामुख

संवैधानिक नियुक्तिविरुद्ध रिट लिएर सर्वोच्च पुगे सभामुख


  • 6.2K
    Shares

    संवैधानिक नियुक्तिविरुद्ध रिट लिएर सर्वोच्च पुगे सभामुख
    images

    काठमाडौँ । संवैधानिक निकायहरुमा भएको नियुक्तविरुद्ध रिट लिएर सभामुख अग्नि सापकोटा सर्वोच्च अदालत पुगेका छन् । नियुक्ति संविधानविपरीत भएको भन्दै सभामुख सापकोटा आफै रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।

    उनले सर्वोच्च अदालतको मुद्दा महाशाखामा रिट निवेदन पेस गरेका छन् । रिट निवेदनमा स‌ंवैधानिक परिषद्को पुस ५ गतेको निर्णय र उक्त निर्णयका आधारमा स‌ंवैधानिक आयोगहरुमा भएको नियुक्तिको पनि बदर गर्न सभामुख सापकोटाले माग गरेका छन् ।

    सभामुख सापकोटासँगै नेताहरु शशी श्रेष्ठ, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र रेखा शर्मालगायत पनि अदालत पुगेका थिए ।संवैधानिक निकायका पदाधिकारीमा सिफारिस गरेका ३२ जनालाई संसदीय सुनुवाइबिनै र अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा बुधबार शीतलनिवासमा शपथ गराइएको थियो ।

    प्रकाशित मिति :माघ २३ २०७७ शुक्रवार - १२:१३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij