२०८२ भाद्र २ गते सोमवार
नेकपा एमाले पोखरा महानगर कमिटीले लगातार छलफल गर्दा पनि सहमति नभएपछि एमालेले पोखराको मेयर र उपमेयर उम्मेदवार छान्न आज निर्वाचन गर्ने भएको छ।
मेयर र उपमेयर उम्मेदवारमध्ये निर्वाचनमार्फत सबैभन्दा धेरै मत ल्याउने एक जना महिलासहित तीन/तीन जनाको नाम सिफारिस गर्ने एमाले कास्कीले जनाएको छ।
एमाले पोखरा महानगर कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज मध्यान्ह १२ बजे पार्टी कार्यालयमा मतदान हुने भएको हो। एमालेमा पोखराको मेयर बन्न १२ जना र उपमेयरमा ११ जनाले दाबी गरेका छन्।
मेयरमा केन्द्रीय सदस्य एवं प्रदेश सांसद कृष्णबहादुर थापा, राजीव पहारी, केन्द्रीय सदस्य मीना गुरुङ, भीम कार्की, व्यवसायी पुष्पज्योति ढुङ्गाना, पुष्पराज अधिकारी, प्रा.डा. विश्वकल्याण पराजुली, रश्मी आचार्य, दीपक पौडेल, दर्शन लामा, बालकृष्ण काउछा मगर र सावित्री भण्डारीले उम्मेदवार दाबी गरेका छन्।
यस्तै उपमेयरमा तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, बलराम गायक गन्धर्व, हरिमाया गुरुङ, बैनबहादुर क्षेत्री, जीवनप्रसाद आचार्य, टिकाराम पंगेनी, बामदेव ढुङ्गाना, शोभामोहन पौडेल, देवका पहारी त्रिपाठी, र सुष्मा पौडेलले उम्मेदवार दाबी गरेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij