२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । बलात्कार गरेको आरोपमा पक्राउ परेका एमालेका मोहन बानियाँको सांसद पद निलम्बनमा परेको छ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन्।
मुगुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका बानियाँमाथि एक शिक्षिकाले बलात्कारको उजुरी दिएपछि पक्राउ गरि अनुसन्धान भइरहेको छ।
उनी जिल्ला प्रहरी कार्यालय बाँकेको न्यायिक हिरासतमा छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij