Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

भारतीय वायुसेनाको विमान दुबईमा खस्यो

भारतीय वायुसेनाको विमान दुबईमा खस्यो


  • 2.0K
    Shares

    भारतीय वायुसेनाको विमान दुबईमा खस्यो

    संयुक्त अरब इमिरेट्समा आयोजित दुबई एयर सोमा प्रदर्शनका क्रममा भारतको तेजस लडाकु विमान दुर्घटना भएको छ।

    भारतीय वायुसेनाले दुबई एयर सोमा तेजस विमान दुर्घटना भएको पुष्टि गरेको छ। वायुसेनाले दुर्घटनामा पाइलटको मृत्यु भएको बताएको छ।

    समाचार एजेन्सी पीटीआईले घटनाको भिडिओ पोस्ट गरेको छ।

    जसमा एउटा विमान सिधै जमिनतिर खसेको देखिन्छ, त्यसपछि आगो र कालो धुवाँको मुस्लो देखिन्छ। समाचार एजेन्सी पीटीआईका अनुसार, आज दिउँसो २:१० बजे विमान दुर्घटना भएको हो।

    एसोसिएटेड प्रेस समाचार एजेन्सीका अनुसार, 'प्रदर्शनी दुबईको दोस्रो ठूलो अल-मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना भइरहेको छ। दुर्घटना हुँदा विमानस्थलमा धुवाँको मुस्लो उठ्यो र साइरन बज्यो।'

    प्रकाशित मिति :मंसिर ५ २०८२ शुक्रवार - २१:०५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij