२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौं । नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स केन्द्रीय कमान्ड घोषणा गरेको छ ।
काठमाडौंको माइतीघरमा आयोजित कार्यक्रममा एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको ११ सदस्यीय केन्द्रीय कमान्ड घोषणा गरेका हुन् ।
केन्द्रीय कमान्डर फोर्सको प्रमुखमा पुष्पराज श्रेष्ठ रहेका छन् । त्यस्तै फोर्समा दुई जना सहकमाण्डर रहने छन् । कमान्डरका सदस्यहरूमा केशव रोका, लव अधिकारी यादव,जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल, विनिता काफ्ले लगायत रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij