२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन् । एमालेको युवा दस्ता भोलेन्टियर फोर्स घोषणा कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले फास्ट ट्र्याकबाट राजीनामा दिएर विधि र प्रक्रियाबाट देशलाई चलाउन प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने बताएका हुन् ।
बस्नेतले भने, ‘फास्ट ट्र्याकबाट सुशीला आमाले राजीनामा दिनुस् । विधि प्रक्रियाबाट देश चल्ने हो,‘दलबाट देश चल्ने हो । दलबाट बाहिरबाट राजनीति हुँदैन ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij