२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण आज हुँदैछ।
चार वर्षे कार्यकाल सकेर राष्ट्रिय सभाका २० सांसद हिजो बिदा भए पछि गत माघ १२ गते सम्पन्न निर्वाचनबाट निर्वाचित १९ जना सांसदको शपथ आज गराइँदै छ।
एक जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक व्यवस्था छ ।
आज शपथ लिन लागेका सांसहरुमा नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का पाँच/पाँच रहेका छन् ।
यसैगरी नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक-एक जना छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij