Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

काँग्रेस चितवनको सभापतिका लागि आज पुन: दोस्रो चरणको मतदान हुँदै

काँग्रेस चितवनको सभापतिका लागि आज पुन: दोस्रो चरणको मतदान हुँदै


  • 3.0K
    Shares

    काँग्रेस चितवनको सभापतिका लागि आज पुन: दोस्रो चरणको मतदान हुँदै
    images

    चितवन । नेपाली काँग्रेस चितवनको सभापति लागि आज (शनिबार) पुन: दोस्रो चरणको मतदान हुने भएको छ ।

    शुक्रबार भएको पहिलो चरणको मतदानबाट ५१ प्रतिशत मत प्राप्त हुन नसकेपछि आज (शनिबार) पुन: मतदान हुनेभएको हो।प्रतिस्पर्धामा रहेका ५ जना उम्मेदवारमध्ये कसैलेपनि विधान अनुसारको ५१ प्रतिशत मत प्राप्त गर्न सकेका थिएनन् ।

    शुक्रबार सम्पन्न भएकाे पहिलो चरणको मतदानमा कुल खसेको २ हजार ८ सय २० मतमा २ हजार ७ सय १८ मत गणना हुँदा काँग्रेस चितवन सभापति पदको अन्तिम परिणाम अनुसर राजेश्वर खनालले ७ सय ४६, मिलनबाबु श्रेष्ठले ६ सय ६२, उत्तम जोशीले ४ सय ७२,डा. सुर्यकान्त घिमिरेले ४ सय २६ र कैलाश कोइरालाले ४ सय १२ मत प्राप्त गर्नुभयो । बाँकी मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

    दोश्रो चरणमा पहिलो चरणमा बढी मत ल्याएका राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच मात्रै प्रतिष्पर्धा हुनेछ। मतदान शनिबार मध्याह्न १२ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २१ २०७८ शनिवार - ०९:४२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij