Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

माओवादीको केन्द्रीय कमिटी बैठक सर्‍याे

माओवादीको केन्द्रीय कमिटी बैठक सर्‍याे


  • 2.5K
    Shares

    माओवादीको केन्द्रीय कमिटी बैठक सर्‍याे
    images

    काठमाडौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सरेको छ । शुक्रबार बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा बस्ने भनिएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको माआवादी संसदीय दलका नेता देव गुरुङले जानकारी दिए ।

    पछिल्लो समय एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो । आजको बैठकका लागि स्थायी कमिटी, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँट, केन्द्रीय कमिटीलाई पूर्णता, स्थानिय निर्वाचन लगायतका एजेण्डा तय गरिएको थियो ।

    तर एमसीसीका विषयमा आठौं महाधिवेशनले गरेको निर्णय विपरीत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने निर्णय गरेपछि आजको बैठकका एजेण्डा प्रभावित हुने भएका छन् ।

    पार्टीको निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल लगायतले असन्तुष्टि जनाएका छन् । केन्द्रीय समिति बैठकमा एमसीसीको विषय लिखित रुपमै राख्ने उनीहरुको तयारी छ ।

    ११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो । माओवादीले २४७ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेको छ । अब केन्द्रीय कमिटी बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै पदाधिकारी चयनबारे छलफल गर्ने नेता गणेश साहले जानकारी दिए ।

     

     

    प्रकाशित मिति :फाल्गुण २० २०७८ शुक्रवार - १२:५३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij