२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । नेपाली कांग्रेस नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को जिल्ला अधिवेशन बिहीवारदेखि शुरू हुँदैछ ।
निर्वाचन अधिकृतको कार्यालयले बिहीवार मतदाता नामावली प्रकाशन, २० गते उम्मेदवारको मनोनयन दर्ता र २१ गते मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
फागुन २१ गते हुने निर्वाचनमा १ सभापति, २ उपसभापति, २ सचिव, २ उपसचिव गरी पदाधिकारीको ७ पदका लागि निर्वाचन हुने निर्वाचन अधिकृत गोविन्द सिग्देलले जानकारी दिए ।
जिल्ला सदस्यमा एउटा नगरपालिकाबाट १ महिलासहित ३ सदस्यका दरले ४ वटा नगरपालिकाबाट १२ सदस्य, एउटा गाउँपालिकाबाट १ महिलासहित २ सदस्य गरी ४ वटा गाउँपालिकाबाट ८ सदस्य निर्वाचित हुने उनले जानकारी दिए ।
खसआर्यबाट २ महिला र २ खुला सदस्य, जनजातिबाट ३ महिला र ३ खुला सदस्य गरी ६ सदस्य, दलित तथा थारुबाट १–१ महिला र १ खुला गरी २ सदस्य, अल्पसंख्यक वा अपाङ्गता भएका समुदायबाट १ सदस्यसहित कूल ४१ जनाको जिल्ला कार्यसमिति चयन हुने जनाइएको छ ।
१ हजार ९६१ जनाले जिल्ला अधिवेशनमा आफ्नो मत प्रयोग गर्नेछन् । मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ताको कार्यक्रम नेपाली कांग्रेसको जिल्ला कार्यालयको बीपी स्मृति भवनमा र मतदान २१ गते शनिवार लुम्बिनी आदर्श कलेजमा हुने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij