Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

आज बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

आज बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै


  • 3.1K
    Shares

    आज बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै
    images

    काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ। प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बैठक केही बेरमा बालुवाटारमा बस्दैछ।

    संसदबाट एमसीसी अनुमोदनको चार दिनमा एमसीसी बोर्डबाट स्वीकृत भएको दोस्रो दिन गठबन्धनको बैठक बस्न लागेको हो।

    बुधबार प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

    आजको सत्ता गठबन्धन बैठकमा एमसिसी अनुमोदनपछि आएका अभिव्यक्ति, आगामी स्थानीय तहको निर्वाचन र समसामयिक विषयवस्तुमाथि छलफल हुने बताइएको छ।  

     

    प्रकाशित मिति :फाल्गुण १९ २०७८ बिहिवार - १०:१६:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij