Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

विवेकशील साझाका सुदूरपश्चिम संयोजक गोपाल हमालले दिए राजीनामा

विवेकशील साझाका सुदूरपश्चिम संयोजक गोपाल हमालले दिए राजीनामा


  • 2.9K
    Shares

    विवेकशील साझाका सुदूरपश्चिम संयोजक गोपाल हमालले दिए राजीनामा
    images

    काठमाडौं । विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले राजीनामा दिएका छ ।

    हमालले स्थानीय तहको अघिल्लो निर्वाचनमा धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेवार बनेको र अबको निर्वाचन पनि स्वतन्त्र रुपमै उम्मेवार बन्ने उल्लेख गर्दै राजीनामा दिएको बताएका छन् ।

    २०७४ साल साउन २८ गतेदेखि विवेकशील साझा पार्टीको उनी सुदूरपश्चिम इन्चार्जको जिम्मेवारीमा थिए । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेको समूहले पनि पार्टी छोडिसकेका छन् ।

    त्यस्तै गत कातिक २८ गते विवेकशील गण्डकी प्रदेशका १३ जनाले पार्टीबाट राजीनामा दिएका थिए । भने सचिवालय सदस्य महेश भण्डारीले साउन १७ गते राजीनामा दिए ।

    त्यस्तै नेतृ रन्जु दर्शनाले गत पुस ८ गते पार्टी त्यागेको घोषणा गरिन् । यसअघि २०७७ असार २८ गते डा. सूर्यराज आचार्य र मुमाराम खनालले राजीनामा दिएका थिए ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७८ मंगलवार - १४:४९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij