२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार पत्रकार सम्मेलन गर्ने भएका छन्। एमसीसीबारेको व्याख्यात्मक घोषणा स्वीकार गर्ने निर्णयपछि पार्टीभित्र असन्तुष्टि बढेसँग प्रचण्डले पत्रकारसम्मेलन गर्न लागेका हुन्।
एमसीसी अनुमोदन भएसँगै प्रचण्डलाई पार्टीभित्रै समीकरण मिलाउन अप्ठ्यारो परेको छ। त्यसैले एमसीसीका विषयमा प्रस्ट पार्न प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन्।
प्रचण्डको सचिवालयका अनुसार सोमबार दिउँसो ३ बजे खुमलटारस्थित निवासमा पत्रकार सम्मेलन गरिने छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij