Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

देउवा फेरि पुगे ओली भेट्न बालकोटमा

देउवा फेरि पुगे ओली भेट्न बालकोटमा


  • 3.6K
    Shares

    देउवा फेरि पुगे ओली भेट्न बालकोटमा
    images

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न शनिबार उनको निवास बालकोट पुगेका छन् । उनीहरूबीचको छलफल जारी रहेको ओलीको सचिवालयले जानकारी दिएको छ ।

    देउवा टिमसहित बालकोट गएका हुन् । छलफलमा नेपाली कांग्रेस र एमालेका केही पदाधिकारी पनि सहभागी छन् ।

    अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गर्ने समयसीमा नजिकिँदा नेताहरूबीचको भेटवार्ता बढेको छ । देउवाले एमसीसी अनुमोदन गर्न एमालेको साथ खोजेका छन् ।

    सत्तासाझेदार दलहरू एमसीसीको विपक्षमा उभिएपछि देउवा प्रतिपक्षलाई मनाएर सम्झौता पारित गर्न जुटेका हुन् । एमालेसित देउवाको सहमति भए सत्ता गठबन्धन भत्किने निश्चित देखिएको छ ।

    यसअघि, शुक्रबार साँझ पनि प्रधानमन्त्री देउवा अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए । 

    प्रकाशित मिति :फाल्गुण १४ २०७८ शनिवार - १७:४४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij