Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

सिंहदरबारमा नेकपा माओवादी र एकीकृत समाजवादीका नेताहरुबीच छलफल

सिंहदरबारमा नेकपा माओवादी र एकीकृत समाजवादीका नेताहरुबीच छलफल


  • 3.3K
    Shares

    सिंहदरबारमा नेकपा माओवादी र एकीकृत समाजवादीका नेताहरुबीच छलफल
    images

    काठमाडौं ।  सत्तारुढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुबीच सिंहदरबारमा छलफल भएको छ। 

    संसद्‌मा टेबल भएको अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी०सँगको सम्झौताका सन्दर्भमा साझा धारण तय गर्न भन्दै दुवै दलका सांसदसहित नेताहरु छलफलमा जुटेका हुन्। 

    सिंहदरबारमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित सहभागी रहेका थिए। 

    बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने कार्यसूची छ। 

    सत्तारुढ दल नेपाली कांग्रेस जसरी पनि एमसीसी अनुमोदन गर्ने पक्षमा छन् भने माओवादी र समाजवादीले अनुमोदनका सन्दर्भमा निर्णय गरिसकेका छैनन्।

    प्रकाशित मिति :फाल्गुण १२ २०७८ बिहिवार - १०:५३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij