Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

आज प्रचण्डलाई भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा

आज प्रचण्डलाई भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा


  • 2.7K
    Shares

    आज प्रचण्डलाई भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा
    images

    काठमाडौं । सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार पुगेका छन् ।

    हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका प्रधानमन्त्री देउवा आज बिहानै प्रचण्डलाई भेट्न प्रचण्ड निवास पुगेका हुन् । संसद्मा टेबल भएको एमसीसी पारित गर्नका लागि प्रधानमन्त्री देउवाले दौडधुप बढाएका छन् ।

    देउवा र ओलीबिच हिजो भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ । हिजोको भेटमा देउवालाई ओलीलाई एमसीसीमा सघाउन आग्रह गरेका थिए । जवाफमा ओलीले पहिले आफूहरूको माग पूरा गर्न भनेका थिए ।

    एमालेले आफूहरूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।

    प्रकाशित मिति :फाल्गुण ११ २०७८ बुधवार - १०:५५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij