२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठकअघि दलको बैठक बस्न लागेको हो ।
सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
बैठकमा प्रतिनिधिसभा बैठकका कार्यसूचीलगायत विषयमा माओवादी केन्द्रका सांसदले निभाउने भूमिकाबारे छलफल हुनेछ । विशेषगरी अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी र महाअभियोग प्रस्तावबारे बैठकमा निर्णय गरिने बताइएको छ ।
आजको संसद् बैठकमा एमसीसी अनुमोदनका लागि टेबल गर्ने तयारी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij