Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने


  • 7.4K
    Shares

    प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने भएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

    प्रधानमन्त्रीले समसामयिक पछिल्लो राजनीतिक परिस्थिती बारे बैठकमार्फत सम्बोधन गर्ने तयारी रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

    संसद विघटनपछि राजनीतिक रुपमै पार्टी दुई खेमामा विभाजित हुनुका साथै उक्त कदम असंवैधानिक भएको भन्दै पार्टी भित्र र बाहिरबाट चर्को आलोचना भइरहेको बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

    बैठकमा प्रधानमन्त्री ओलीले  थारू आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 



    प्रकाशित मिति :पौष २६ २०७७ आइतवार - १०:३६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij