Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

संघीय संसद्को बैठक आगामी आइतबारबाट पुनः सञ्चालन

संघीय संसद्को बैठक आगामी आइतबारबाट पुनः सञ्चालन


  • 5.5K
    Shares

    संघीय संसद्को बैठक आगामी आइतबारबाट पुनः सञ्चालन
    images

    काठमाडौँ । संघीय संसद्को बैठक आगामी साता बोलाइको छ ।

    कोरोनाको तेस्रो लहर सुरु भएसँगै पटक पटक स्थगित भएको बैठक आइतबारबाट पुनः सञ्चालन हुने भएको हो ।

    प्रतिनिधि सभाको बैठक आइतबार र राष्ट्रिय सभाको बैठक सोमबारका लागि बोलाइएको छ । कोरोना संक्रमण दर उच्च बिन्दुमा पुग्ने क्रममा रहेकै बेला संसद् बैठक बस्न लागेको हो ।

    यद्यपि बैठक बस्ने नबस्नेबारे यकिन भइसकेको छैन । दलहरुबीच स‌ंसद सञ्चालन गर्नेबारे कुनै समझदारी भइ नसकेका कारण बैठक अन्यौलमा परेको छ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो पार्टी फुटाउन सभामुखले भूमिका खेलेको भन्दै निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ । आगामी बैठकमा पनि अवरोध कायमै रहने एमालेका नेताहरूले बताएका छन् ।

    प्रकाशित मिति :माघ १४ २०७८ शुक्रवार - १०:५६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij