Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बालुवाटारमा शुरु भयो नेकपा सचिवालय बैठक

बालुवाटारमा शुरु भयो नेकपा सचिवालय बैठक


  • 8.4K
    Shares

    बालुवाटारमा शुरु भयो नेकपा सचिवालय बैठक

    काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ ।

    पार्टीभित्र आन्तरिक विवाद चुलिएर पार्टी नै फुटको अवस्थामा पुगेको भनिएका बेला बसेको सचिवालयलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

    यसअघि गत कार्तिक २८ गते शुक्रवार सचिवालय बैठक बसेको थियो । शुक्रवारको बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न आरोपहरु लगाउँदै एकल प्रस्ताव पेश गरेका थिए । भने आजको लागि बैठक तय गरिएको थियो ।

    सचिवालय बैठक शुरु हुनुपूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । पार्टी विवाद चुलिएका बेला राष्ट्रपतिसँग नेकपा अध्यक्षद्वयको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    यसअघि पनि पार्टीको विवादमा सक्रियता देखाएको भन्दै राष्ट्रपति भण्डारीको आलोचना भइरहेको छ । त्यस्तै आज नै १ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक भने २ बजेसम्मका लागि सारिएको छ ।

    प्रकाशित मिति :मंसिर ३ २०७७ बुधवार - १३:१५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij