Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेकपाको आधिकारिकता र चुनाव चिन्ह हामीसँगै छ : नारायणकाजी श्रेष्ठ

नेकपाको आधिकारिकता र चुनाव चिन्ह हामीसँगै छ : नारायणकाजी श्रेष्ठ


  • 11.6K
    Shares

    नेकपाको आधिकारिकता र चुनाव चिन्ह हामीसँगै छ :  नारायणकाजी श्रेष्ठ

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिले पार्टीभित्र रहेको अन्तरसंघर्ष अग्रगमन र प्रतिगमनबीचको भएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको बाटो हिँड्न खोजेको समेत आरोप लगाए । 

    मंगलबार राजधानीमा नेकपा बिटमा रिर्पोटिङ गर्ने सञ्चारकर्मीहरुसँगको छलफलमा प्रवक्ता श्रेष्ठले संविधान अनुसार संसद सुचारू हुने समेत दावी गरे । 

    सरकार बन्न नसक्ने अवस्थामा मात्रै अर्को चुनावमा जान सकिने भन्दै उनले अहिले प्रधानमन्त्रीले सत्ताको दुरुपयोग गर्दै संवैधानिक निकायमाथि हस्तक्षेप बढाउन खोजेको आरोप लगाए । 

    ‘अदालत, निर्वाचन आयोगमा सेटिङ मिलाएको छ भन्ने हल्ला चलाएको भरमा हुँदैन । सेटिङ मिलाएको भन्नु संवैधानिक निकायमाथिको अवहेलना हो । यदि यी निकायलाई दबाबमा राख्न खोजेमा जनता जाग्नेछन्, यस्तो हुन जनताले दिँदैनन् ,’ उनले भने । 

    श्रेष्ठले पार्टीको आधाकारिता र  चुनाव चिन्ह आफूहरुसँगै रहेको पनि दावी गरे । उनले भने,"पार्टी ऐनले प्रस्ट भनेको छ, तत्कालिन पार्टीको बहुमत सदस्य भएको पार्टी मुख्य पार्टी  हो । अर्को पक्षको ४० प्रतिशत पुगेमा पार्टीको मान्यता दिने भनेको छ ।"

    प्रकाशित मिति :पौष २१ २०७७ मंगलवार - १५:०१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij