२०८२ भाद्र २ गते सोमवार
पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजबाट सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले विशेष अधिवेसन माग गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन आह्वान गर्नुभएको हो ।
कांग्रेसले जनसरोकारका विषयमा छलफल आवश्यक रहेकाले विशेष अधिवेशन माग गरिएको जाएको छ । खासगरी कोरोना नियन्त्रण तथा उपचार लगायतमा प्रदेश सरकार असफल भएको कांग्रेसको आरोप छ ।
विशेष अधिवेशनमा आज प्रदेशसभामा आवद्ध राजनीतिक दलको संसदीय दलका नेताले सम्बोधन गर्ने छन् । पहिलो दिनलाई सम्बोधन बाहेक अन्य कार्यसूची नरहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij