Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

आज कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक बस्दै

आज कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक बस्दै


  • 4.4K
    Shares

    आज कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक बस्दै
    images

    काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज मध्याह्न पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको १४औँ महाधिवेशनमा पेश गरिने कार्यसूची, महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    महाधिवेशन यही मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनको उद्घाटन मङ्सिर २४ गते दिउँसो १ बजे भृकुटीमण्डपमा हुने र सोही स्थानमा रहेको हलमा बन्द सत्र हुनेछ भने भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान हुने पार्टी कार्यालयले जनाएको छ ।

    पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन यही मङ्सिर २४ गते बिहान १० बजे हुनेछ ।

    यसैगरी  उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र  दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।  

    उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते विहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते विहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

    प्रकाशित मिति :मंसिर २३ २०७८ बिहिवार - ११:०५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij