२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं । नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाको आयोजनामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शाखाको कार्यालय भृकुटीमण्डपमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा सम्पन्न रक्तदान कार्यक्रमबाट ५५ पिण्ट रक्त संकलन भएको जानकारी शाखाकी अध्यक्ष शोभा अर्यालले दिइन् ।
नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाका सचिव रमेश कुमार बोहोराका अनुसार विभिन्न मुद्दा उठाएर भइरहने आन्दोलनका कारण र नियमित रुपमा आवश्यक पर्ने रक्त अभाव भएकोले शाखालाई अनुरोध भए अनुसार उक्त अभावलाई पूर्ति गर्नको लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै शाखाकी अध्यक्ष अर्यालले यसको लागि भूमिका निर्वाह गर्ने सबैमा धन्यवाद ज्ञापन गरिन् ।
रक्तदातालाई नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा, काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्याल र सोही शाखाका सचिव रमेश कुमार बोहोराले प्रमाणपत्र प्रदान गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij