Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

८६ दिनको लागि ५० अर्ब तान्दै राष्ट्र बैंक

८६ दिनको लागि ५० अर्ब तान्दै राष्ट्र बैंक


  • 897
    Shares

    • images
    ८६ दिनको लागि ५० अर्ब तान्दै राष्ट्र बैंक

    काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। 

    सोहि तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले आज अर्थात् मंसिर ७ गते ८६ दिनको लागि ५० अर्ब निक्षेप संकलन गर्ने भएको हो । यस निक्षेपको आज २ बजेसम्म अनलाइनमार्फत मात्र बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

    ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी फागुन ५ गते हुनेछ । यसका लागी बैंक वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन् ।

    पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ। बैंक तथा वित्तीय संस्थाहरु ३ प्रतिशतको हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।

     

    प्रकाशित मिति :मंसिर ७ २०८२ आइतवार - ११:२५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij