Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राजनीति

ओली पक्षले शनिवार काठमाडौंमा कार्यकर्ता भेला गर्दै

ओली पक्षले शनिवार काठमाडौंमा कार्यकर्ता भेला गर्दै


  • 9.4K
    Shares

    ओली पक्षले  शनिवार काठमाडौंमा कार्यकर्ता भेला गर्दै

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले बृहत कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।

    ओली समूहले शनिवार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा कार्यकर्ता भेला गर्न लागेको स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार उक्त भेलालाई प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । त्यस्तै गृहमन्त्री रामबहादुर थापा बादल, नेताहरु ईश्वर पोखरेल र कृष्ण गोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको काठमाडौं जिल्ला कमिटीले जनाएको छ ।

    संसद विघटनपछि नेकपा दुई भागमा विभाजन भइ कार्यक्रमहरु गरिरहेका छन् । एक समूहको नेतृत्व ओलीले गरिरहेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले गरिरहेका छन् ।

     

    प्रकाशित मिति :पौष १६ २०७७ बिहिवार - ११:०७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij