Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

कर्णाली प्रदेशले जारी गर्यो लोक सेवा सम्बन्धी यस्तो अध्यादेश

कर्णाली प्रदेशले जारी गर्यो लोक सेवा सम्बन्धी यस्तो अध्यादेश


  • 25.7K
    Shares

    कर्णाली प्रदेशले  जारी  गर्यो लोक सेवा सम्बन्धी यस्तो अध्यादेश
    images

    कर्णाली । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोक सेवा सम्बन्धी अध्यादेश जारी गरेका छन् ।

    प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ (१) बमोजिम हिजो (मङ्गलबार) प्रदेश लोक सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ लाई जारी गरेका हुन् ।

    प्रदेशसभाबाट पारित ऐनमा विभिन्न त्रुटि भएको पाइएपछि सरकारले संशोधन ऐन ल्याउने तयारी गरेको थियो । प्रदेशसभा अधिवेशन बोलाउने टुङ्गो नहुँदा प्रदेश सरकारले अध्यादेशमार्फत उक्त ऐन संशोधन गरेको हो ।

    प्रदेश लोक सेवा आयोगका पदाधिकारी नियुक्त भएको लामो समय बितिसक्दा समेत ऐन संशोधन नहुँदा कामकाज प्रभावित भएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र पठाएको दुई दिनपछि प्रदेश प्रमुख कलौनीले अध्यादेश जारी गरेका हुन् ।

    प्रकाशित मिति :कार्तिक १० २०७८ बुधवार - १७:०३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij