Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

५ सय फिर्ता नगर्दा २४ वर्षीय मगरले यसरी गरे मायाको हत्या

५ सय फिर्ता नगर्दा २४ वर्षीय मगरले यसरी गरे मायाको हत्या


  • 2.2K
    Shares

    ५ सय फिर्ता नगर्दा २४ वर्षीय मगरले यसरी गरे मायाको हत्या
    images

    काठमाडौं । शनिवार बिहान गोंगबुस्थित नयाँ बसपार्क वरपर मानिसरहरू मर्निङ वाकमा थिए । बसापर्कबाट कोही गन्तव्यतर्फ जाँदै थिए । लामो यात्रा पार गरेका आएका यात्रुहरू आफ्नै गन्तव्यको खोजीमा थिए ।

    कोही भने लामा र छोटा दुरीका सार्वजनिक यातायातको खोजीमा यताउता गरिरहेका थिए । केही मानिसहरू अज्ञात पोका देखिएको भन्दै हल्लागर्दै थिए । सबैको ध्यान सडक किनारामा देखिएको पोकातर्फ थियो । केही बेरमा प्रहरी पनि भीडतर्फ अगाडि बढ्यो ।

    काठमाडौंको टोखा नगरपालिका–९ को बसपार्क नजिकै सडकमा पोका थियो । सबैमा कौतुहलता छायो पोकामा के छ ? पोकामा लेखिएको थियो १४५५ ।लगतै स्थानीय तथा भीडले नजिककै प्रहरीलाई खबर गरे । प्रहरी उपस्थित भएपछि पोको खोलियो । पोकोमा शव रहेको खुल्यो । शव कसको हो भन्ने पहिचान भने खुलेन ।

    पोकोमा शव भेटिएको भए पनि कोही पनि शवको तत्कालै सनाखत गर्न पुगेनन् । पहिचान नखुलेको शव सार्वजनिक भएसँगै चिने जानेका मानिसहरू प्रहरीको पुगे । तर कसैले शवको पहिचान गर्न सकेनन् । लगत्तै बसपार्क वरपरका होटलमा प्रहरीले अनुसन्धान थाल्यो । प्रहरी र स्थानीयले १४५५ लाई बढी प्राथमिकता दिए, प्रहरी अनुसन्धानमा जुट्यो ।

    बसपार्क नजिकै रहेको होटल वरपरका तन्ना र तकियातर्फ अनुसन्धान मोडियो । कुन-कुन होटलका तन्ना र तकियासँग रंग मिल्छ प्रहरीले खोज्न थाल्यो ।

    मिलनटोलको होटल रोयल कुन्डलाको स्टाफ कोठामा रहेको तन्ना र तकियामा टयागसहितको १४५५ मिल्न गयो । तर, सो होटलका लगानीकर्ता र म्यानेजर मृत्यु सम्बन्धी घटनाबारे अनभिज्ञ थिए ।

    भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा सोमबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता पवनकुमार भट्टराईले सोही टोलमा मादक पदार्थ सेवन गर्दै बसेका सूर्य थापा मगरतर्फ अनुसन्धान मोडियोको बताउँछन् । उनी उक्त होटलमा ७ महिनादेखि काम गर्दै आएका थिए ।

    प्रहरी अनुसन्धानमा परेपछि उनको क्रियाकलाप र हाउभाउलाई नियाल्यो । नभन्दै उनले नै अपरिचित महिला माया मगरको हत्या गरेको स्वीकारे ।

    २४ वर्षीय मगरले कसरी गरे हत्या ?

    दुई साताअघि मृतक मगर र सूर्यको चिनजान भएको थियो । सूर्य काम गर्ने होटलमा रातको करिब १२ बजे डोल्मा नाम गरेकी महिला र मृतक माया पुगेका थिए । मृतक र सूर्य भने स्टाफ रुममा बसेर गफ गर्न लागे । नजिकै भएर दुई जना खुलेर एकआपसमा बोले । सूर्यले पनि आफ्नो बारेमा खुलाए ।

    केही क्षणमा मायाले आफू ब्राउन सुगर प्रयोगकर्ता भएको सूर्यलाई सुनाइन् । मायाले उनीसँग पैसा मागिन्,’५ सय रुपैयाँ देउ न ब्राउन सुगर किनेर ल्याउँछु ।’

    सूर्यले पनि मायालाई ५ सय रुपैयाँ दिए । उनी केही बेरमै ब्राउन सुगर किनेर आइन् ।

    ‘माया आएपछि सूर्यले ब्राउन सुगर किन्न लगेको पैसा मागे । तर, मायाले दिन्न र छैन भनेपछि वादविवाद भएको थियो,’ सूर्यको भनाइ उदृत गर्दै परिसरका प्रवक्ता भट्टराईले भने ।

    सूर्यले छेउमा भएको जुत्ताको तुनाले घाटीमा बाँधेर मायालाई लडाए । लडाएर दुई मुक्का घाँटीमा हानेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रवक्ता भट्टराईले जानकारी दिए । सूर्यले उक्त शवलाई फोहोर फाल्ने ठूलो प्लाष्टिकमा हाले । शवको प्लाष्टिकलाई होटलमा रहेको २ वटा तन्नाले बाँधेर रोडमा फाले ।

    गत कात्तिक २६ गते रातको १ बजेर ५२ मिनेटमा सूर्यले मायाको शव तन्नामा बोकेर गएको सीसीटीभी देखिएको थियो । प्रहरी होटलमा मृतक मायासँगै पुगेकी अर्की युवतीको खोजीमा लाग्यो । ती युवती डोल्मा बोम्जन रहेको खुल्यो । उनैले मृतकको श्रीमान शक्ति बोहरा रहेको जानकारी दिएकी थिइन् ।

    मृतककी कान्छी आमा कल्पना शेर्पालीले शवको सनाखत गरेकी थिइन् ।

    प्रकाशित मिति :मंसिर ८ २०८२ सोमवार - १८:४७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij