२०८२ मंसिर ८ गते सोमवार
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता मनिष झाले उपसभापति डा. स्वर्णिम वाग्ले र नेतृ डा. तोसिमा कार्कीले पार्टी छाड्ने कुरा निराधार हल्ला मात्रै रहेको दाबी गरेका छन्। पत्रकारले राखेका जिज्ञासाको उत्तर दिँदै प्रवक्ता झाले यस्तो दाबी गरेका हुन्।
‘पाँच जना पदाधिकारी र तीन जना सांसदले पार्टी छाड्दै छन् रे भनेर आजभन्दा आठ महिना अगाडि पनि हल्ला भएको थियो,’ प्रवक्ता झाले भने,‘तीन घण्टामा पत्रकार सम्मेलन हुँदै छ, यतिले पार्टी छोड्दै छ भन्ने हल्ला पहिले पनि भएको थियो।’
त्यसको पछि नलाग्न उनले आग्रह गरे। स्वर्णिम र तोसिमाले पार्टी छाड्ने हल्ला नेपाली कांग्रेसको एक फेसबुक ग्रुपमा आएको पनि उनले दाबी गरे। ‘कुनै विश्वसनीय सञ्चारमाध्यमले त्यस्तो ल्याए हामी पनि ध्यान दिन जरुरी छ भन्ने ठानौँला। एउटा पार्टीको अमुक समूह जसमा दुई चार हजार सदस्य छन्, त्यसको पछाडि हाम्रै मान्छे पनि लाग्छ। त्यसको प्रश्न सोध्न थाल्छ। त्यो विश्वसनीय होइन,’ प्रवक्ता झाले भने।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij