Logo

२०७९ आषाढ १५ गते बुधवार

images

अन्तर्वार्ता

मन्त्री बनेपछि दुःखी थिएँ, राजीनामा गरेपछि खुशी छु भन्दै ४८ घन्टे मन्त्री हमालले दिए यसरी बयान

मन्त्री बनेपछि दुःखी थिएँ, राजीनामा गरेपछि खुशी छु भन्दै ४८ घन्टे मन्त्री हमालले दिए यसरी बयान

खबर सेन्टर

२४ आश्विन २०७८
  • 8.1K
    SHARES
  • images
    मन्त्री बनेपछि दुःखी थिएँ, राजीनामा गरेपछि खुशी छु भन्दै ४८ घन्टे मन्त्री हमालले दिए यसरी बयान
    images

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले नाटकीय रुपमा आइतबार बिहानै राजीनामा दिएका छन् । मन्त्री नबन्दैदेखि र बनेपछि पनि प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै आलोचनाको क्रम नरोकिएपछि हमालले प्रधानमन्त्री देउवालाई राजीनामा थमाएका हुन् । जुन मन्त्री बनेको ४८ घण्टा नबित्दैको नाटकीय घटना हो । मन्त्री बनेको ४८ घण्टा नहुँदै राजीनामा दिएका हमालले यो बीचमा कस्तो अनुभव गरे र अब के गर्छन् भन्नेबारे रमेश सापकोटाले गरेको कुराकानी हामीले प्रस्तुत गरेका छौ। 

    मन्त्री नबन्दैदेखि तपाईंको नामबारे विवाद थियो, मन्त्री भएपछि झन् विवाद भयो । यसबीच मन्त्री बनेको ४८ घण्टा नबित्दै राजीनामा दिनु भयो नी किन ? 


    किन विवादमा फस्ने, पार्टीमा किन विवाद ल्याउने र कांग्रेसमा पनि विवाद नहोस् भनेर मैंले मन्त्री भएको ४८ घण्टामा नै राजीनामा दिएको हुँ । आजसम्म मन्त्री बनेको ४८ घण्टा नहुँदै कसैले राजीनामा दिएको छ ?  यहाँ त मन्त्रीका लागि मरिमेट्छन् । तर, मेरोबारे प्रश्न नै उठेको हो भने किन विवादित बनेर बस्ने भन्दै स्वविवेकले राजीनामा गरेको हुँ ।   

    राजीनामा दिनेबारे प्रधानमन्त्रीसँग सल्लाह गर्नुभएको थियो ? विरोध धेर भएपछि प्रधानमन्त्रीले नै राजीनामा दिन भन्नुभएको थियो ? 

    राजीनामा दिनेबारे मैले कसैसँग सल्लाह गरिनँ । मेरोबारे प्रश्न उठेपछि स्वविवेकको आधारमा दिमागले, मनले राजीनामा दिएको हुँ । कसैलाई सोधिनँ । राजीनामा लगेर हातमा थमाएपछि बल्ल प्रधानमन्त्रीज्यूलाई थाहा भएको हो । हातमा राजीनमापत्र थमाएपछि प्रधानमन्त्री देउवा ट्वाल्ल पर्नुभयो केही बोल्न सक्नुभएन । विवादमा बस्न चाहन्नँ भनेर राजीनामा गरें । 

    तर, तपाईं मन्त्री नबन्दैदेखि र बनेपछि पनि प्रधानन्यायाधीशको मान्छे हो भनेर आलोचना ज्यादा नै भयो नी योबारे के भन्नुहुन्छ ?

    नाता कसको कोसँग हुँदैन ? नाता त राजासँग पनि हुन्छ नी । तर, प्रधानन्यायाधीशसँग नाता जोड्नुपर्ने व्यक्ति म होइन । प्रधानमन्त्रीले कांग्रेसको नेता हो भनेर भनिसक्नुभयो  । प्रचण्डले पनि भनिरहनुभएको छ । तत्कालीन कानुनमन्त्रीले संसदबाटै प्रधानन्यायाधीशसँग जोडेर नहेरौं भन्नुभएको थियो । अरु नेताले भनिररहेका छन् । यसैले मलाई प्रधान्यायाधीशसँग जोडेर हेरिरहनुपर्ने  आवश्यकता छैन । 

    भनेपछि तपाईं आफूलाई कांग्रेस नेताको रुपमा बढी चिनाउन चाहनुहुन्छ ? 

    कांग्रेसमा योगदानको कुरा गर्दा मेरो र मेरो परिवारको कुनै कम योगदान छैन । न त पार्टीमा लागेर कुनै कमजोरी नै गरिएको छ । जसले मेरोबारे प्रश्न उठाएका छन् । मैले कांग्रेसको राजनीति गर्दा ती जन्मिएका पनि थिएनन् । यस्ता मान्छेले म कांग्रेसमा सक्रिय छैन भनेर आलोचना गर्नुमा कुनै तुक छैन । 

    अति छोटो अनि नाटकीय रुपमा दुई दिनमा नै मन्त्रीबाट राजीनामा गरेपछि अब तपाईं के गर्नुहुन्छ ? कांग्रेसमा उत्तिकै सक्रिय हुनुहुन्छ ? 

    म कहिल्यै पनि राजनीतिमा निष्क्रिय छैन, सधैं सक्रिय छु । सामाजिक सेवामा सक्रिय छु । बाँके, बर्दियामा सक्रिय छु । अब चुनाव पनि लड्छु, नेताहरूलाई चुनाव पनि लडाउँछु । 

    मन्त्री बनेदेखि तपाईंमाथि पूर्व प्रधानन्यायाधीश, कानुनविद्, दलका नेतादेखि संचारमाध्यममले प्रश्न उठाइरहे । तपाईंले पनि नेतासँगको भेटघाटमा आफूलाई दुःख लागेको बताउनुभएको थियो । राजीनामा दिएपछि कस्तो अनुभव गर्नुभएको छ ?

    म मन्त्री भएपछि शनिबार पत्रपत्रिका हेर्दा र रेडियो सुन्दा दुःखी भएको थिएँ । तर, आज राजीनामा दिएपछि सन्तुष्ट छु, खुशी छु । यो मेरो नितान्त व्यक्तिगत निर्णय हो ।

    images
    प्रकाशित मिति :आश्विन २४ २०७८ आइतवार - १३:५१:२४ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार