Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र भएकै कारण देशमा यो अवस्था आएको हो : मन्त्री रायमाझी

प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र भएकै कारण देशमा यो अवस्था आएको हो : मन्त्री रायमाझी


  • 9.0K
    Shares

    प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र भएकै कारण देशमा यो अवस्था आएको हो : मन्त्री रायमाझी

    काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र भएकै कारण देशमा राजनीतिक अस्थिरता निम्तिएको बताएका छन् ।

    ललितपुरको टौखेलमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले आन्दोलनबाटभन्दा सहमतिमा सरकारको काममा सहयोग गर्न विपक्षीहरुलाई आग्रह गरे । आन्दोलनबाट भन्दा सहमतिबाट अघि बढ्दा मुलुकको हित हुने उनको भनाइ थियो ।

    कार्यक्रममा नेकपाको ओली पक्षका केन्द्रीय सदस्यहरु सुशीला नेपाल, हरिकृष्ण व्यञ्जनकार, मोहन बस्नेत, मधुसुदन पौडेल, सुरेन्द्र मोहन शर्मा बजगाईं, नवराज सिलवाललगायतले प्रधानमन्त्री ओलीको बचाउ गर्दै संसद विघटनमा जानु उनको बाध्यता भएको बताएका थिए ।

    कार्यक्रममा अब आउने बैशाख १७ गते र २७ गते हुने निर्वाचनमा सक्रिय सहभागी हुन कार्यकर्ताहरुलाई निर्देशन समेत दिइएको थियो ।

    प्रकाशित मिति :पौष ११ २०७७ शनिवार - १८:५३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij