२०८२ भाद्र २ गते सोमवार
काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गरेकी छिन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले पूर्व अर्थमन्त्री खतिवडालाई राजदूतमा नियुक्ति गरेकी हुन् ।
यसअघि मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री र प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले संविधानको धारा २८२ बमोजिम सरकारको सिफारिसमा खतिवडालाई अमेरिकाको आवासीय राजदूतमा नियुक्त गरेको उल्लेख छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij