Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

संसद् पुनःस्थापना हुन्छ : पर्यटनमन्त्री भट्टराई

संसद् पुनःस्थापना हुन्छ : पर्यटनमन्त्री भट्टराई


  • 10.5K
    Shares

    संसद् पुनःस्थापना हुन्छ :  पर्यटनमन्त्री भट्टराई

    काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विघटन भएको संसद् अदालतबाट पुनःस्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

    सोमबार मन्त्रालयमा आयोजित औपचारिक बिदाइ कार्यक्रममा भट्टराईले संवैधानिक अंगहरु स्वतन्त्र रहेको अवस्थामा संसद् पुनःस्थापना हुने विश्वास व्यक्त गरेका हुन् । लोकतान्त्रिक प्रक्रियामा आघात पुगेका कारण आफूसहितका मन्त्रीहरुले सामूहिक राजीनामा दिएको उनले उल्लेख गरे ।

    उनले भने, ‘‘यदि, यो देशका संवैधानिक अंगहरु स्वतन्त्र छन् भने विवेक पुर्‍याउँछन् । शतप्रतिशतभन्दा पनि बढी विश्वासका साथ भन्छु, संसद् पुनःस्थापना हुन्छ । मुलुकप्रति, संविधानप्रति जवाफदेही छन् भने शतप्रतिशत संसद् पुनःस्थापना हुन्छ । हुनुपर्छ । त्यो नै हाम्रो लोकतन्त्रको विजय हुन्छ । संविधानको रक्षा हुन्छ ।’’

    भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको प्रस्ताव गर्दा आफूहरुले रोक्ने धेरै प्रयास गरे पनि सम्भव नभएको बताए ।

    प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक रहेको उल्लेख गर्दै उनले भने, ‘‘संविधान पल्टाएर हेर्दा संवैधानिक नै छैन । कानुन र संविधानको हिसाबले मेल खाँदैन । राजनीतिक हिसाबले राजनीतकि मूल्यलाई बोकेको छैन । जुनसुकै कारणले भएपनि यो अलोकतान्त्रिक नै हो । अन्य बाटोहरु पनि थिए । असंवैधानिक काम गर्न नपर्ने थियो, गर्नुभयो । दुःखी छौँ ।’’

     

    प्रकाशित मिति :पौष ६ २०७७ सोमवार - १४:२८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij