Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेकपा विवादले संघीय संसद शिकार बन्ने खतराः ओलीले संसद् विघटन गर्न सक्लान् ?

नेकपा विवादले संघीय संसद शिकार बन्ने खतराः ओलीले संसद् विघटन गर्न सक्लान् ?


  • 11.7K
    Shares

    नेकपा विवादले संघीय संसद शिकार बन्ने खतराः ओलीले संसद् विघटन गर्न सक्लान् ?

    प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक फेरि राजनीतिक अस्थिरतातर्फ धकेलिने त होइन भन्ने प्रश्न उठ्न थालेको छ । प्रधानमन्त्रीले लिने निर्णयमा राष्ट्रपति सहयोगी देखिएको अवस्थामा नेकपाभित्रको आन्तरिक कलहको सिकार संघीय संसद् हुने त होइन भन्ने आशंका जन्मिएको छ ।

    पार्टी स्थायी कमिटी बैठकमा प्रतिबद्धता गरे पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन अटेर गरेका प्रधानमन्त्री ओलीले कतै संसद् विघटनको बाटो रोज्ने त होइनन् भन्ने आशंका उनकै पार्टीभित्र गर्न थालिएको छ । गत वैशाखमा पनि संवैधानिक परिषद् र राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारीपछि अप्ठेरोमा परेका ओलीले मध्यावधि निर्वाचनमा जाने विकल्पका विषयमा निकटकासँग परामर्श गरेका थिए । अहिले ओली त्योभन्दा पनि बढी संकटमा परेको विश्लेषण छ । के त्यसो भए उनी संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा जान सक्छन् त ?

    संविधानविद् विपिन अधिकारीले व्यवस्था नै सिध्याउनेबाहेक संविधानअनुसार संसद् विघटनको सम्भावना नरहेको बताउँछन् । उनले नेपालको शासन व्यवसथा जर्मनीको संसदीय प्रणालीसँग मिल्दोजुल्दो रहेको बताउँदै जति बेला पनि सरकार विघटन गरेर अस्थिर सरकार बनाउने कल्पना संविधानले नगरेको तर्क गरे । आजको नागरिक दैनिकमा समाचार छ ।

    प्रकाशित मिति :पौष ४ २०७७ शनिवार - ०७:१४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij