२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार (आज) साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।
यसअघि मङ्गलवार मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
तत्कालै राष्ट्रपतिबाट जारी भएको उक्त अध्यादेश विवादपछि अन्तत बुधवार फिर्ता गरिएको छ । सो अध्यादेश खारेजीका लागि अर्को अध्यादेश जारी गर्नुपर्ने प्रावधान अनुसार मन्त्रिपरिषद् बैठकले सोबारे निर्णय गर्न लागेको बताइएको छ ।
बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले सो अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन समेत दिएको थियो । स्थायी कमिटी बैठक अघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री ओलीले सो अध्यादेश फिर्ता गर्ने सहमति जनाएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij