२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङको राजीनामा माग गरेका छन् ।
२८ मंसिरमा बसेको स्थायी कमिटीको बैठक लगतै नेकपा संसदीय दलका नेता समेत रहेका ओलीले प्रमुख सचेतक गुरुङलाई बोलाएर राजीनामा मागेका थिए । ‘स्थायी कमिटी बैठक लगतै प्रधानमन्त्रीले बोलाउनु भयो र, तपाईले प्रमुख सचेतकबाट राजीनमा दिनुस्’ बालुवाटार निकट स्रोतले बतायो ।
जवाफमा गुरुङले यो पार्टीको निर्णय त होइन, मैले किन राजीनामा दिने भनेर प्रतिप्रश्न गरेका थिए । ओलीले भने दलको नेता (आफू)विरुद्ध गतिविधि गर्दै हिँडेकाले राजीनामा मागेको बताएका छन् ।
ओलीले राजीनामा मागेपछि गुरुङले पार्टीको निर्णयअनुसार नै आफू प्रमुख सचेतक भएकाले यत्तिकै राजीनामा नदिने अडान लिएका थिए ।
स्रोतका अनुसार प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सोमबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर गुरुङलाई प्रमुख सचेतकबाट हटाउन लागेको जानकारी दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij