Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

काँग्रेसको ७७ वटै जिल्लामा प्रदर्शन, कुन नेताले कँहा सम्बोधन गर्दै ?

काँग्रेसको ७७ वटै जिल्लामा प्रदर्शन, कुन नेताले कँहा सम्बोधन गर्दै ?


  • 11.2K
    Shares

    काँग्रेसको ७७ वटै जिल्लामा प्रदर्शन, कुन नेताले कँहा सम्बोधन गर्दै ?

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज देश व्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दुरि राख्दै शान्तिपूर्ण सहभागीताका लागि अपील गरेको छ ।

    काँग्रेस सभापति शेरबहादुर देउवाले आइतबार एक विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्लामा एकसाथ गर्न लागेको प्रदर्शन विशेष रुपले महत्वपूर्ण रहेको भन्दै सक्रिय सहभागीताका लागि कांग्रेसका सदस्य, समर्थक र शुभचिन्तकहरुसंगै सबै लोकतन्त्रवादीमा हार्दिक अपील गरेका छन् ।

    काठमाडौँमा कसरी हुदै छ प्रदर्शन ?

    काँग्रेसले काठमाडौंमा ५ स्थानबाट विरोध र्याली निकाल्ने काठमाडौँ काँग्रेसले जनाएको छ । जिल्ला केन्द्रीय तथा जिल्ला तहका नेताले जुलुसको नेतृत्व गर्दै विभिन्न ५ रुटबाट र्याली निकालिने काठमाडौँ काँग्रेसले तय गरेको छ ।

    पाँच स्थानबाट सुरु भएको प्रदर्शन दिउँसो १ बजे रत्नपार्कमा पुगेपछि बागबजार– पुतलीसडक– कमलादी– त्रिचन्द्र क्याम्पस हुँदै शान्तिबाटिकामा पुगेर विरोध सभा हुने छ । काठमाडौंको क्षेत्र अनुसार जुलुसमा सहभागी हुने स्थान निर्धारण गरिएको छ । विरोध सभालाई वरिष्ठ नेता रामचन्द्र पौडेलसहित काठमाडौँमा उपलब्ध नेताहरुले सम्वोधन गर्ने भएका छन् ।

    जुलसका रुटहरुमा काठमाडौं क्षेत्र नम्बर १ को भृकुटीमण्डपबाट जुलुस निकाल्ने छ भने क्षेत्र नम्बर २,३ र ४ ले पुतलीसडकबाट, क्षेत्र नम्बर ५,६ र ७ लैनचौरबाट, क्षेत्र नम्बर ८ ले बसन्तपुर तथा ९ र १० ले सहिदगेटबाट जुलुस निकाल्नेछन् ।

    जुलुस रत्नपार्कमा जम्मा भएर बागबजार, पुतलीसडक, कमलादी हुँदै पुनः रत्नपार्कको शान्तिबाटीकमा पुगेर सभामा परिणत हुनेछ ।

    कुन नेताले कँहा सम्बोधन गर्दै छन् ?

    काँग्रेस सभापति शेरबहादुर देउवाले वागमती प्रदेशको राजधानी हेटौँडामा विरोधसभाको नेतृत्व गर्दै छन् । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय राजधानी काठमाडौँको विरोध प्रदर्शनलाई सम्बोधन गर्दैछन् । यस्तै उपसभापति विमलेन्द्र निधि भक्तपुरको विरोधसभामा सहभागी हुनेछन् भने महामन्त्री शशांक कोइरालाले विराटनगर तथा कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको विरोध प्रदर्शनमा सहभागी हुने काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

    त्यस्तै सह-महामन्त्री प्रकाशशरण महत झापा र पूर्वउपसभापति तथा संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले काभ्रेमा विरोध सभाको नेतृत्व गर्दै छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषा र पूर्वसह-महामन्त्री अर्जुननरसिंह केसी पोखरा तथा पूर्वसह-महामन्त्री रामशरण महत चितवनको विरोधसभाको नेतृत्व गर्ने भएका छन् ।

    यस्तै पूर्व कोषध्यक्ष चित्रलेखा यादवले सप्तरीमा विरोध सभालाई नेतृत्व गर्ने भएकी छन् । यस्तै केन्द्रीय सदस्य चन्द्रभण्डारी नुवाकोट, गगन थापा कैलाली, एनपी साउदले अछाम र प्रदीप पौडेल कञ्चनपुरको विरोध सभालाई सम्बोधन गर्ने भएका छन् ।

    त्यसैगरी केन्द्रीय सदस्य शंकर भण्डारी सिराह, सुरेन्द्र पाण्डे रुपन्देही, विरबहादुर बलायर डोटी, कल्याण गुरुङ नवलपरासी, धनराज गुरुङ स्याङजाको विरोधसभालाई सम्बोधन गर्दै छन् ।

    त्यसैगरी रामहरि खतिवाडा इलाम, नैनसिंह महर दोलखाको विरोधसभाको नेतृत्व गर्दै छन् । काँग्रेसका नेता कृष्णप्रसाद सिटौला कोरोना संक्रमण भएका कारण विरोध सभामा सहभागी हुने छैनन् ।

    प्रकाशित मिति :मंसिर २९ २०७७ सोमवार - ११:०८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij