Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रदेश २ को लोकसेवाले ठुलो संख्यामा गर्यो बिज्ञापन, के मा कति ?

प्रदेश २ को लोकसेवाले ठुलो संख्यामा गर्यो बिज्ञापन, के मा कति ?


  • 50.3K
    Shares

    प्रदेश २ को लोकसेवाले ठुलो संख्यामा गर्यो बिज्ञापन, के मा कति ?

    काठमाडौँ । लोक सेवा आयोग प्रदेश २ ले अधिकृत स्तर (प्राविधिक/अप्राविधिक) को विज्ञापन गरेको छ । प्रदेश निजामती सेवाले खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त पदपूर्ति गर्न प्राविधिक तथा अप्राविधिक अधिकृतको विज्ञापन गरेको हो ।

    अधिकृत सातौँ तह (प्राविधिक), अधिकृत एघारौँ र नवौँ तह (प्राविधिक/अप्राविधिक), अधिकृत सातौँ (प्राविधिक/अप्राविधिक) पदको लागि बढुवामार्फत पदपूर्ति गर्न विज्ञापन गरिएको छ ।

    यसैगरी खुला समावेशी र अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गर्नका लागि अधिकृत सातौँ तह प्रशासन सेवा (अप्राविधिक), प्राविधिक तर्फ तथ्याङ्क, इन्जिनियरिङ, कृषि, वन र शिक्षा सेवाका सातौँ तहका अधिकृतको लागि विज्ञापन गरिएको छ ।

    यस्तै खुला प्रतिस्पर्धामार्फत पूति गर्न प्राविधिकतर्फ स्वास्थ्य सेवाको अधिकृत आठौँ तह र अधिकृत सातौँ तहको लागि पनि विज्ञापन गरिएको छ ।

    दरखास्त दिने अन्तिम म्याद साउन २० गतेसम्म र दोब्बर दस्तुर तिरी साउन २७ गतेसम्म रहेको छ ।

    परीक्षाको मिति पछि प्रकाशित गरिने बताइएको छ ।

    01.jpg02.jpg03.jpg04.jpg05.jpg06.jpg07.jpg

    प्रकाशित मिति :आषाढ ३१ २०७८ बिहिवार - ०८:००:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij