२०८२ भाद्र २ गते सोमवार
नेकपा एकतामा आफ्नो हिस्सा खोज्न मन पराउने नेकपा एमाले उपाध्यक्ष बामदेव गौतमले नेकपा फुटबाट जोगाउने कोशिस गरेको दाबी गर्दै आएका छन्। पछिल्लो पटक नेकपा एमालेको एकताका लागि पनि आफूले अभियान चलाइरहेको उनको दाबी छ।
शुक्रबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेकेको र माधवकुमार नेपाल पक्ष सहभागी नभएको केन्द्रीय कमिटी बैठकमा सामेल भएका गौतमले आफू एकताको पक्षधर भएको बताए। साथै उनले आफूले गुण र दोषका आधारमा नेताहरुलाई समथर्न गर्दै आएको उनको भनाई थियो।
त्यसै सिलसिलामा उनले आफूलाई नेकपा एमाले एकताका लागि लिखित जिम्मेवारी दिन अध्यक्ष ओलीसँग प्रस्ताव गरेका थिए। तर स्रोतका अनुसार ओलीले गौतमको प्रस्ताव अस्वीकार गरेका थिए।
ओलीले आफूले जारी गरेको प्रेस विज्ञप्तीमा एकताका लागि पार्टी पंक्तिलाई आव्हान त गरेका छन् तर गौतमलाई लिखित जिम्मेवारी दिनबाट उनी पन्छिएका हुन्। स्रोतले भन्यो,‘ गौतमले आफू एकताको पक्षमा धेरै नै समय दिइरहेको भन्दै अध्यक्षबाट लिखित जिम्मेवारी माग्नु भएको थियो। तर अध्यक्षले त्यसमा बेवास्ता गर्नुभयो। त्यसबाट गौतम निराश हुनुभयो।’
विभाजनको संघारमा पुगेको एमाले एकताका लागि ओली र नेपाल खेमाका केही नेताहरु लागेपनि उनीहरु सफल भइसकेका छैनन्। ओलीले शुक्रबार नै नेपाल पक्षले दुई दिनभित्र विपक्ष दल नेपाली काँग्रेससभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका छन्। निर्देशन पालना नभए एकताको आधार नबन्ने उनले स्पष्ट चेतावनी दिएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij