२०८२ फाल्गुण २४ गते आइतवार
खोटाङ । खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएका छन् । उनी १६ हजार ६ सय १२ मत ल्याएर विजयी भएका हुन् । योसँगै श्रम संस्कृति पार्टीको जितेको खाता खुलेको छ।
एमालेका देवविक्रम राईले १२ हजार ७ सय १४, कांग्रेसका वीरकाजी राईले ११ हजार ९ सय ५७ले प्राप्त गरे। नेपाली कम्युनिस्ट पार्टी हरि रोकाले ९ हजार ४ सय ४३ र रास्वपाका रुद्र गिरीले ५ हजार ७ सय ४ मत ल्याएका छन् ।
खोटाङमा प्रत्यक्षतर्फ १५ उम्मेदवार चनावी मैदानमा थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij