२०८२ भाद्र २ गते सोमवार
प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई भेटेरै कुरा गरौं भन्ने प्रस्ताव गरेकाे तर उनले नमानेको बताएका छन् ।
“माधव नेपाललाई हिजो फोन गरेँ । भेटेर कुरा गरौं भनेँ । उहाँले इन्कार गर्नुभयो,” केन्द्रीय कमिटी बैठकमा ओलीले भने, “उहाँले फोन पनि उठाउन मन थिएन । किचकिच गरेकाले उठाएँ भन्नुभयो ।”
प्रधानमन्त्री ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई एकताको महाअभियान नै चलाउन आग्रह गरे । माधव नेपाललाई पार्टीमा फर्काउनुपर्ने र त्यसको जिम्मा आफूलाई दिन भनेपछि जवाफमा ओलीले एकताको महाअभियान चलाउन भनेका हुन् ।
ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर सोमबार साँझसम्म फिर्ता नभए पार्टी एकता नहुने बताएका छन् ।
शुक्रबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले २३ निवर्तमान सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।
दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेको बोलाइएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित थिए । त्यही बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता नभए पार्टी एकता नहुने बताए । ‘सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न’ उनलेभने, कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउने छुट एमालेका सदस्यलाई छैन ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij