Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

समिट होटलमा आज पनि एमालेका ५ भाई खिचडी पकाउँदै,एमाले मिलाउने भनेको तीन बुँदामा के-के छन् ?

समिट होटलमा आज पनि एमालेका ५ भाई खिचडी पकाउँदै,एमाले मिलाउने भनेको तीन बुँदामा के-के छन् ?


  • 5.8K
    Shares

    समिट होटलमा आज पनि एमालेका ५ भाई खिचडी पकाउँदै,एमाले मिलाउने भनेको तीन बुँदामा के-के छन् ?

    सत्ताधारी पार्टी नेकपा एमालेको ल्याङ्ग ल्याङ्ग कहिले घट्ने त कहिले बढ्ने गरिरहेकै छ।  पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा देखिएको विवाद समाधान गर्न दोस्रो पुस्ताका नेताहरु बुधबारबाट नै छलफलमा जुटेका छन् । ललितपुरमा रहेको समिट होटलमा हिजो बुधबार दिनभर र साँझ अबेरसम्म केही नेताहरु छलफलमा जुटेका थिए । 

    छलफलमा नेकपा एमालेका नेताहरु अर्थमन्त्री समेत रहेका विष्णु पौडेल, सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, घनश्याम भुसाल, योगेश भट्टराईलगायत सहभागी छन् । 

    बुधबार छलफलमा जुटे पनि यो समूहले कुनै निष्कर्ष निकालेको छैन । बुधबार नै एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठक बसेको थियो । यो बैठकले १८ जेठमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नेपाल पक्षका नेताहरुलाई पनि जानकारी गराइएको छ । तर, नेपाल पक्ष यो बैठकमा सहभागी हुने या नहुनेबारे अहिलेसम्म निर्णित भइसकेको छैन ।

    उता, बुधबार सुरु भएको समिट होटलको बैठक आज विहानबाटै फेरि सुरु भएको छ । 

    समिट होटलमा भेट भएका नेकपा एमालेका नेताहरु पार्टीलाई एकजुृट बनाउन र एकता गर्न लागिपरेका छन् । उनीहरुले ओली पक्ष २ जेठमा फर्किएको खण्डमा पार्टी एकता हुने सम्भावना बढ्न थालेको बताउन थालेका छन् । 

    छलफलमा सहभागी एक नेताले दिएको जानकारीअनुसार अहिले भइरहेको छलफल सकारात्मक सोचका साथ अगाडि बढिरहेको छ । ‘हामी सकारात्मक रुपमा अगाडि बढेका छौँ,’ उनले भने, ‘सम्भवतः केही दिनमा नै एमाले एकता भएको सुन्न पाइन्छ जुन एकता साँच्चिकै दिगो हुनेछ ।’

    बिहीबार एमालेमा नेपाल समूहले पनि स्थायी कमिटी बैठक बोलाएको छ । यो बैठकले बुधबार अ‍ोली पक्षले गरेका निर्णयहरुबारे समीक्षा गर्ने भनिएको छ ।

    यो समीक्षाबाट नेपाल पक्षको अडान स्पष्ट हुने पनि अनुमान गरिएको छ । उता, समिट होटलमा दुवै पक्षका एमाले नेताहरु तीन मुख्य बुँदामा छलफलमा जुटेका छन् ।

    छलफलमा सहभागी एक नेताका अनुसार यसमा सबैभन्दा पहिले आएको विषय हो– २ जेठमा एमालेलाई फर्काउने । सर्वोच्च अदालतले माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपाको वैधानिकतामा प्रश्न उठाएपछि अलग भएका यी दुई पार्टीमा अहिले सबैभन्दा बढी विवाद देखिएको हो एमालेमा । 

    एमालेमा ओली समूह र नेपाल पक्षबीच सर्वोच्चको निर्णयपछि पार्टी २ जेठमा फर्किनु पर्नेमा विवाद देखिँदै आएको छ । अहिले पनि नेपाल समूहले पार्टीलाई २ जेठमा फर्काउनु पर्ने बताउँदै आएको छ ।

    ‘२ जेठको बैठक बस्नु पर्ने र एमालेलाई अगाडि बढाउनु पर्ने विषयमा पार्टीमा छलफल भइरहेको छ,’ छलफलमा सहभागी ती नेताले भने, ‘तर, यसमा अहिलेसम्म हामी टुंगोमा पुग्न सकेका छैनौँ ।’ उनका अनुसार ओली पक्षले आफूहरु यसअघि नै २ जेठमा पुगिसकेको बताइरहेको छ भने नेपाल पक्षले यसमा आफूहरुले षडयन्त्र देखेको बताइरहेको छ ।

    त्यस्तै, यो छलफलमा अबको सरकार कसको भन्ने विषयमा पनि मतभेद देखिएको छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि उम्मेदवारको आह्वान गर्दा नेपाल पक्षका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । ओली पक्षले त्यसपछि अदालतमा पुगेको नेपाल पक्षले रिटहरु फिर्ता लिनु पर्ने माग गरेको छ । 

    तर, नेपाल पक्ष यसमा सहमत छैन । अब पार्टी एकता भएमा एमालेको सरकारको अवधारणा अगाडि ल्याउने कि ओलीलाई नै सरकारमा निरन्तरता दिने भन्ने विषयमा यो पुस्ताका नेताहरुबीच पनि सहमति हुन सकेको छैन ।

    ‘अब एकतापछि एमालेको सरकार कि ओलीको सरकार ?’ छलफलमा सहभागी ती नेताले भने, ‘यसमा पनि हामी अहिले छलफलमा जुटिरहेका छौँ ।’

    प्रकाशित मिति :आषाढ १७ २०७८ बिहिवार - ११:४३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij