२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । कांग्रेसले सरकारविरुद्ध देशव्यापीरुपमा प्रदर्शनमा उत्रिन कार्यकर्तालाई निर्देशन दिएको छ ।
आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले प्रदर्शनलाई देशव्यापी बनाउन जिल्ला सभापतिहरुलाई निर्देशन दिएको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि १७ मंसिरमा तनहुँमा भएको धरपडक, कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टचारको विरोधमा २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसको तयारी छ । प्रतिकात्मक रुपमा सबै जिल्लामा प्रदर्शन गर्न निर्देशन दिइएको जनाएको छ ।
मंसिर २९ गतेको कार्यक्रमलाई सुरुआतका रुपमा लिने र त्यसपछि पनि सरकारविरुद्ध खबरदारी जारी राख्ने निष्कर्ष निकालिएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij