Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

आफू सरहका ‘सम्माननीय’ सभामुखलाई ओलीले लगाईदिए बुझो,ढाँटको सरदार भन्दै माधवको गरे बिल्ला

आफू सरहका ‘सम्माननीय’ सभामुखलाई ओलीले लगाईदिए बुझो,ढाँटको सरदार भन्दै माधवको गरे बिल्ला


  • 7.0K
    Shares

    आफू सरहका ‘सम्माननीय’ सभामुखलाई ओलीले लगाईदिए बुझो,ढाँटको सरदार भन्दै माधवको गरे बिल्ला

    सभामुख अग्नि सापकोटालाई प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकर्ता भनेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले आफूजस्तै ‘सम्माननीय’ पदमा रहेका सापकोटाबारे यस्तो टिप्पणी गरेका हुन् ।

    अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभामुखले विभिन्न बैठक, अन्तर्क्रिया गर्न दिएकोप्रति ओलीको आक्रोश छ । ‘संसद् भवनमा तथाकथित बुद्धिजीवीको भेला, नागरिक समाजका अन्तर्क्रिया, पत्रकार सम्मेलन गर्ने हो ? त्यसैका लागि त्यो भाडामा लिइएको हो ? प्रचण्डका कार्यकर्ता सभामुख हुनेबित्तिकै प्रचण्डले जे भन्यो त्यो कानुनभन्दा माथि हुने ?’, ओलीले भने ।

     यद्यपि, यही मात्र आफ्नो टाउको दुखाइको कारण भने नरहेको उनले बताए । ‘मेरो चिन्ता लोकतन्त्रको भविष्यप्रति हो । यस अभ्यासले लोकतन्त्रको भविष्य कहाँ पुर्‍याउँछ ? लोकतान्त्रिक प्रणाली र मौजुदा संविधान । संविधानको आवश्यक संशोधनप्रति मेरो विरोध छैन । तर, संविधान नै च्यात्ने दिशातिर उहाँहरू जाँदै हुनुहुन्छ । अनि उल्टै स्यार हुइँया मच्चाउँदै हुनुहुन्छ– केपी ओलीले संविधान च्यात्यो । चुनावमा जाऔँ भन्दा संविधान च्यातेको हुन्छ ? उहाँहरूको हातमा सरकार गयो भने त चुनावै हुँदैन ।

    ओलीले माधव नेपालको आलोचनामा थुप्रै शब्द खर्च गरे । माधव नेपाल मदन भण्डारीविरोधी भएको आरोप पनि उनले लगाए । 
    ‘एमालेको वरिष्ठ हुँ भन्ने, एमाले नै ध्वस्त पार्न लागिपर्ने, कांग्रेसको सरकार बनाउन लाग्ने ।  दुनियाँको लोकतान्त्रिक इतिहासमा माधव नेपालजति अराजक, अनुशासनहीन र इमान नभएको मान्छे, जुन पार्टीले भोट लियो, जुन आदर्शका लागि भनेर ढाँटेर हिजो भोट लियो, त्यसैलाई धोका दिने’, ओलीले भने, यो बीचमै राजीनामा दिनुपर्दैन ? मैले नयाँ पार्टी खोलेँ, नयाँ विचार अँगाले भन्नुपर्दैन ?’ 

    प्रकाशित मिति :आषाढ १४ २०७८ सोमवार - १४:०३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij