२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सुरु भएको छ ।
बैठकमा मंसिर २९ गते सरकारविरुद्ध गर्न लागेको विरोध प्रदर्शनलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भइरहेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।
२९ गते कांग्रेसले देशैभरि सरकारविरुद्ध प्रदर्शन गर्दैछ । तनहुँमा पुल उद्घाटनको विषयमा विवाद हुँदा रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रण गरेपछि सरकारविरुद्ध कांग्रेस आक्रमक भएको छ ।
‘बैठक सभापतिज्यूको निवास बूढानीलकण्ठमा सुरु भयो,’ महतले भने, ‘बैठकमा पर्सी हुने विरोध प्रदर्शन र पार्टीको महाधिवेशनको विषयमा केन्द्रित हुन्छ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij