Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

अब देउवालाई प्रधानमन्त्री र संसद् पुनःस्थापना गर्ने आदेश हुनुपर्छ भन्दै श्रेष्ठले राष्ट्रपतिको यसरी उछितो काढे

अब देउवालाई प्रधानमन्त्री र संसद् पुनःस्थापना गर्ने आदेश हुनुपर्छ भन्दै श्रेष्ठले राष्ट्रपतिको यसरी उछितो काढे


  • 6.7K
    Shares

    अब देउवालाई प्रधानमन्त्री र संसद् पुनःस्थापना गर्ने आदेश हुनुपर्छ भन्दै श्रेष्ठले राष्ट्रपतिको यसरी उछितो काढे

    काठमाडौँ। प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि बहस गर्दै  वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई तत्कालीन राजाभन्दा माथि राखेर सोचेको आरोप लगाएका छन् ।

    राष्ट्रपतिले गरेको निर्णयका सम्बन्धमा अदालतमा प्रश्न उठाउन नपाइने भनी राष्ट्रपति भण्डारीले अदालतलाई पेश गरेको लिखित जवाफका सम्बन्धमा टिप्पणी गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।'


    '२०४७ सालको संविधानमा श्री ५ बाट भए/गरेका कामकारवाहीलाई लिएर अदालतमा प्रश्न उठाउन सकिँदैन भन्ने थियो । त्यसलाई त हामीले चुनौती दियौं,' श्रेष्ठले भने, 'के अहिले संविधान सभाबाट निर्मित संविधानअन्तर्गत राष्ट्रपतिले आफूलाई तत्कालीन श्री ५ भन्दा माथि सोचेको हो ?

    प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा रिट निवेदक शेरबहादुर देउवाका तर्फबाट बहस गर्दै उनले संविधानको आफूखुशी व्याख्या गर्ने राष्ट्रपतिको कामलाई अदालतले लगाम लगाउन जरुरी रहेको पनि बताए ।

    'संविधानको आफूखुशी व्याख्या गर्ने राष्ट्रपतिको कामलाई लगाम लगाउन जरुरी छ,' वरिष्ठ अधिवक्ता श्रेष्ठले भने, 'राष्ट्रपति पदको पनि मानमर्यादा र सम्मान गर्नका लागि यो आवश्यक छ ।'

    धारा ७६ (५)लाई राष्ट्रपतिले आफ्नो ब्रह्मास्त्र सोचेको टिप्पणी गर्दै श्रेष्ठले संविधानमा राष्ट्रपतिलाई संरक्षकका रूपमा मात्र राखिएको बताए ।

    प्रचण्ड प्रधानमन्त्री हुँदा रुक्माङ्गत कटुवाललाई पदमुक्त गर्ने निर्णय राष्ट्रपतिले रोकेपछि राष्ट्रपतिले अधिकारको दुरुपयोग गरेको सोचेर नै संविधानमा सीमित अधिकार मात्र दिइएको उनको टिप्पणी थियो ।

    “अब शेरबहादुर देउवालाई प्रधानमन्त्री र संसद् पुनःस्थापना गर्ने आदेश हुनुपर्छ ,” उनले भने ।

    प्रकाशित मिति :आषाढ १० २०७८ बिहिवार - १३:२७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij