२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा व्याप्त संकटको प्रमुख कारण राजनीतिक दल तथा तिनका नेतृत्वकर्ता आफ्नो सिद्धान्तबाट विमुख हुनु रहेको टिप्पणी गरेका छन् ।
‘भनिन्छ– टाउकाको ओखती नाइटामा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो,’ डा. भट्टराईले आइतबार बिहान भनेका छन्, ‘कांग्रेस ‘कांग्रेस’नरहनु, कम्युनिस्ट ‘कम्युनिस्ट’नरहनु, समाजवादी ‘समाजवादी’नरहनु ! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं । नत्र समयले कसैलाई पर्खन्न है !’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij