२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अहिले भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका छन् ।
भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् ।
उनका अनुसार अपोलो अस्पतालमा निर्भीक खनालसँग बुझ्दा पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था अहिले ठीक छ । खनालको स्वास्थ्यबारे गलत समाचार आइरहेको भन्दै उनले आपत्तिसमेत जनाएका छन् ।
‘स्वास्थ्य सुधार भइरहेको छ भ्रममा नपरौं,’ स्वकीय सचिव भट्टराईले भनेका छन्, ‘आदरणीय कमरेडप्रति बाहिर फेसबुकमा गलत प्रचार गर्ने जो व्यक्तिप्रति घोर भत्सना गर्दै कारबाहीको माग गर्दछु ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij