२०८३ कार्तिक १० गते मंगलवार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । चितवनको कप्तानी रवि बोपाराले गरिरहेका छन् । यसअघिका कप्तान कुशल मल्ल प्लेइङ–११ मा अटाएका छैनन् ।
टस हारेपछि चितवनका कप्तान बोपाराले भने, ‘मैले पछिल्ला खेलहरूमा ९ खेलमा टस हारेको छु । अब राम्रो स्कोर बनाएर डिफेन्ड गर्छौं ।’
आजको खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij